देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काभ्रे, बनेपा नगरपालिका-८ स्थित स्वास्थ चौकी भवन नजिकै सोही नगरपालिका- ५ बस्ने २५ वर्षीय आशिष भन्ने एक बहादुर सार्की शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै ताप्लेजुङ, आठराई त्रिबेणी गाउँपालिका-१ निगुरादिन बस्ने ५८ वर्षीय भीम बहादुर सार्की सोही ठाउँस्थित जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यता सिन्धुपाल्चोक, इन्द्रवती गाउँपालिका-१० होस्टेस्थित मध्य पहाडी लोकमार्ग निर्माणको गोल्डेन बुट शेर्पा कन्ट्रक्सन प्रालिमा स्टोर किपरको रूपमा काम गर्ने सोलुखुम्बु दुधगुण्डा नगरपालिका-४ फाप्लु बस्ने ४२ वर्षीय फुर्पा शेर्पा आफू सुत्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै प्युठान, प्युठान नगरपालिका-८ खप्रेङखोला बस्ने ५८ वर्षीय टुकमान सार्की आफ्नै घर नजिक बारीको खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी प्युठान, सरूमारानी गाउँपालिका-४ कुडुलेस्थित माडी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार