काठमाडौं । काठमाडौं महानगरपालिकाले ३५ वटा गाउँपालिकालाई मागका आधारमा एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

महानगरको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा उक्त कार्यक्रम समावेश थियो । सोही कार्यक्रम कार्यान्वयनमा ल्याउँदै महानगरले असोज २५ भित्रमा नेपालभरका सम्पूर्ण गाउँपालिकालाई एम्बुलेन्स माग गर्न अनुरोध गरेको हो ।

महानगरका अनुसार गाउँपालिकाहरुले आफूलाई एम्बुलेन्स चाहिएको विषयमा आवेदन दिन सक्नेछन् । यसका लागि गाउँपालिकाको नाम, प्रदेश, जिल्ला, केन्द्र रहेको स्थान र एम्बुलेन्स माग गर्ने कार्यपालिकाको निर्णय भएको मितिजस्ता विवरण उल्लेख गर्नुपर्नेछ ।

साथै, गाउँपालिकाको भौगोलिक क्षेत्रफलको विवरण, गाउँपालिकामा रहेका अस्पतालसम्म आउनका लागि लाग्ने सबैभन्दा लामो दूरी, तीन वर्षदेखिको गाउँपालिकाको औसत आन्तरिक आय, दक्ष जनशक्तिको प्राप्तिको अवस्था र हाल एम्बुलेन्स भए-नभएको जस्ता कुरा समावेश गरेर माग गर्नुपर्ने काठमाडौं महानगरले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार