आज २०८० साल असाेज १५ गते साेमबारको राशीफल ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । काममा अरुको समर्थन पाइने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु होला । रुपैया पैसा आर्जन हुने योग परेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । टाढाको यात्राको योग छ । नसोचोको स्थानबाट धन आर्जन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला । समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला । खानपिनमा सजक रहनु होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ । विद्यामा समय दिन नसकिएला । ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ । काममा कठिनाइ सहनु पर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला । भाग्योदयको समय रहेको छ । अरुले गरेको कमको मुल्याङ्कन गर्नुपर्ने छ । आय सन्तोष जनक रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ । कतैबाट आर्थिक लाभ हुने समय छ चनाखो भने रहनु होला । कामहरु पनि सजिलै संग बन्ने छन ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नृुृ होला । हातहतियारबाट जोगिनु पर्ने दिन रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ । परिस्थिति सँग केही सम्झौता गर्नुपने छ । जगिरका क्रममा समस्या आउन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला । आतिथ्यपूर्ण सम्मान पाइएला । रोजगारीको सम्भावना छ । नयाँ कुरा जान्ने सिक्ने सोच आउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन । दिगो फाइदा हुने काम सुरु हुन सक्छ । नयाँ कामको लागि नयाँ अवसर आउनेछ । नयाँ कामका स्रोत फेला पर्लान ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार