जनक राजवंशी, हल्दिबारी, १९ असोज । हल्दिबारी गाउँपालिकाले मेडिकल अधिकृत सहित ९ जना कर्मचारीको करारमा पदपुर्ती गर्ने सुचना प्रकाशित गरेको छ ।

हल्दिबारी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत मान बहादुर बन (महेन्द्र) का अनुसार मेडिकल अधिकृत डाक्टर १ जना, हेल्थ असिस्टेन २ जना, फार्मेषि साहायक १ जना, प्रसासन साहायाक १ जना, सर्वेक्षक १जना, साहायक कम्प्युटर १ जना, सहयोगी १ जना र सरसफाइ कर्मचारी १ जना हल्दिबारी आधारभुत अस्पताल र पालिकाको लागि करारमा नियुक्ति गर्न लागिएको बताउनु भएको छ ।

अस्पताल ब्यवस्थापन समिति र कार्यपालिकाको निर्णय अनुसार आधारभुत अस्पताल र गाउँपालिकाको लागि कर्मचारीको आवश्यता भएकोले सम्वन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको गाउँपालिकाको सुचनामा जनाएको छ ।

गाउँपालिकाले निकालेको सुचना तल हेर्नुहोस्

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
5
+1
7
+1
1
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार