काठमाडौँ, १९ असोज : जिल्ला अदालत काठमाडौँले ६१ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ परेका २५ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले आज उक्त प्रकरणमा २५ जनालाई थुनामा पठाउने र रुक्मिना सुब्बालाई रू पाँच लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सुन तस्करीमा संलग्न रहेको अरोपमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) २९ जनामाथि मुद्दा चलाउन सिफारिस गरेको थियोे भने सरकारी वकिलको कार्यालयले निजहरूविरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार