कविता : “मेरो एउटा छिमेकी छ”
मेरो गाउँमा एउटा , छिमेकी छ,
आडैमा मेरो , भान्छा छ।
किचनमा मलाई भाँडा , चलाउनु पर्दैन,
उ आफै आउछ , बोलाउनु पर्दैन ।।
ऊ गरीबी भएर , होला दयामा ,
मेरो मन पग्लिन्छ , उसको मायामा।
मैले जानेर हात , हल्लाउनु पर्दैन ,
उ आफै आउछ , बोलाउनु पर्दैन ।।
उसलाई देख्न चाहेर , होला हाँसोमा
उसको लोभिन्छ मन , माछा र मासुमा ।
उसलाई लाजले , लजाउनु पर्दैन ,
उ आफै आउछ , बोलाउनु पर्दैन ।।
उसको मागेर खाने , फेरी बानी छ,
सीप र इलम ले , उ ज्ञानी छ ।
उसलाई झोक्र्याएर , टोलाउनु पर्दैन
उ आफै आउछ , बोलाउनु पर्दैन ।।
मलाई सेवाभाव लाग्छ , अर्म र पर्ममा
उसको मन छ कि ? , भित्री दुष्कर्ममा।
मलाई शंका ले , खेलाउनु पर्दैन ,
उ आफै आउछ , बोलाउनु पर्दैन ।।
जोगेन्द्र प्रसाद राजवंशी
कचनकवल :- ३, दल्की झापा
हाल :- मलेसिया , पोर्ट केलाङ्ग
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
+1
+1
+1
+1