स्याङ्जा । भीरकोट नगरपालिका–२ केगाँमा भिनाजुको कुटाइबाट घाइते सालाको मृत्यु भएको छ ।

७२ वर्षीय भिनाजु ठगबहादुर विकको कुटाइले ३ महिना पहिला घाइते भएका बिरुवा ७ सपौदेका ४५ वर्षीय मनबहादुर विकको मृत्यु भएको हो । मनबहादुर लामो समयबाट भिनाजुको घरमा काम गरेर बस्दै आएका थिए ।

गत असार २२ गते मासु धेरै खाएको भन्दै भिनानुले काठको चिर्पटले टाउकोलगायतका ठाउँमा हान्दा मनबहादुर गम्भीर घाइते भएका थिए ।भिनाजुको कुटाइले घाइते सालाको आइतबार साँझ मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाले बताए ।

सालालाई कुटपिट गर्ने भिनाजुलाई ज्यान उद्योग मुद्दामा जिल्ला अदालतले गत साउन २२ गते पुर्पक्षका लागि जिल्ला कारागार चलान गरेको खनालले बताए ।

घाइते साला पश्चिमाञ्चल अस्पताल पोखरा उपचारपश्चात् घर फर्के पनि घाउमा किरा परेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । याे खबर ब्लास्टटाइम डटकममा छापिएकाे छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
2
+1
0
+1
7
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार