हल्दिवारी ,२७ असोज । हल्दिवारी गाउँपालिका वडा नम्बर -४ मा रहेको श्री पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समुहको १६ औं बार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

बन समुहका अध्यक्ष सागर पोर्तेलको अध्यक्षता तथा प्रदेश सभा सदस्य माननीय छविलाल चुडालको प्रमुख आतिथ्य तथा हल्दिवारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीको विशेष आतिथ्यतामा भएको साधारणसभाको उद्घाटन प्रमुख अतिथि चुडालले बिरुवामा पानी हाली गर्नु भएको थियोे ।

साधारणसभालाई प्रमुख अतिथि छविलाल चुडाल ,पालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली ,वडा नम्बर ४ का अध्यक्ष सन्त बहादुर थापा , सामुदायिक बन उपभोक्ता महासंघ झापाका उपाध्यक्ष चन्द्र तामाङ ,पुर्व अध्यक्ष चिरञ्जीवी पौडेलले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

कार्यक्रममा जेष्ठ समुहका उपभोक्ता मान बहादुर मोक्तान र अम्बिका खरेललाई नगदसहित दोसल्ला ओडाएर संमान गरिएको थियोे ।त्यसैगरी पुर्व अध्यक्षहरु केदार प्रसाद उप्रेती ,चुडामणिा भेटवाल र चिरञ्जीवी पौडेललाई समेत संमान गरिएको थियोे ।

साधारणसभामा अध्यक्षको प्रतिवेदन सागर पोर्तेल र कोषाध्यक्षको प्रतिबेदन मतिता गौतमले प्रस्तृत गरेको साधारणसभाले वार्षिक निति तथा कार्यक्रम परिमार्जन सहित पास गरेको छ ।

साधारणसभालाई समुहकी उपाध्यक्ष सर्मिला लामिछानेले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण सचिव सालीकराम पराजुलीले गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार