बिर्तामोड । कनकाई नगरपालिकाको नाममा दर्ताकायम रहेको मोटरसाइकल प्रहरीले नियन्त्रणमालिएको छ । नक्कली नम्बर प्लेट राखेर चलाएकोपाइएपछि मोटरसाइकल प्रहरीले नियन्त्रणमालिएको हो ।

नगरपालिकाको मोटरसाइकल नियन्त्रणमा लिएकोप्रहरीले पुष्टि गरेको छ । ट्राफिक प्रहरीलेमोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरीचौकी सुरुङ्गामा राखिएको जिल्ला ट्राफिक प्रहरीकार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराजन्यौपानेले बताए ।

कनकाई नगरपालिकाको नाममा यातायात व्यवस्थाकार्यालय बिर्तामोडमा दर्ता कायम रहेको मे १ ब५९७ नम्बरको १२५ सीसीको टीभीएस कम्पनीकोमोटरसाइकलमा मे १० प ३८८५ नम्बर राखेर प्रयोगगरिएको पाइएको थियो । सन २०१८ मा निर्माणभएको  सो मोटरसाइकल २०७५ जेठ २७ गते श्रीअटो लि. सुरुङ्गाको नामबाट कनकाईनगरपालिकाको नाममा नामसारी भएको यातायातव्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ ।कार्यालयका अनुसार नगरपालिकाको नाममानामसारी भएपछि मोटरसाइकलमा मे १ ब ५९७कायम गरिएको थियो । सो मोटरसाइकल जगदम्बामोटर्स प्रालि काठमाण्डौले विरगञ्ज भन्सारबाट२०७५ साल बैशाख २८ गते इजाजत पत्र ६३६०९मार्फत नेपाल भित्र्याएको थियो ।

श्री अटोको नाममा दर्ता हुँदा रहेको पुरानो मे १० प३८८५ नम्बर राखेर कर्मचारीले सो मोटरसाइकलप्रयोग गरेको पाइएको छ । पुरानो नम्बर खारेज भइ नयाँ नम्बर कायमभइसकेपछि पुरानै नम्बर प्रयोग गरिनु गैर कानुनी हुनेयातायात व्यवस्था कार्यालय बिर्तामोडका निमित्तकार्यालय प्रमुख पदम कट्टेलले जानकारी दिए ।‘नयाँ नम्बर कायम भइसकेपछि पुरानो नम्बर राख्नुभनेको नक्कली नम्बर प्रयोग गर्नु जस्तै हो,’ उनलेभने, ‘त्यसो गर्नु कानुनी कार्य मानिँदैन ।’ उच्च पदस्थकर्मचारीहरुको हकमा कार्यालयले निर्णय गरेर पठाएनिजी नम्बर प्लेट कायम गर्न सकिने उनले बताए ।

एउटै गाडीमा दुई वटा नम्बर राखेर चलाउन नपाइनेजिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुखप्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।नगरपालिकाको प्रमुखसँग पनि यस बिषयमा बुझ्नेकाम भइरहेको भन्दै उनले कानुनअनुसार अघि बढ्नेबताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
1
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार