युएईको सारजहाबाट काठमाडौं अवतरण गरेको एयर अरेवियाको विमानमा नवजात शिशु मृत फेला परेको छ। बुधबार विहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त विमानको शौचालयबाट शिशु मृत फेला परेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल प्रहरी सुरक्षा कार्यालयका एसएसपी दीप रानाले युएईबाट आएको विमानभित्र नवजात शिशु मृत फेला परेको पुष्टि गरे। विमानस्थलबाट एक महिलालाई पक्राउ गरिएको प्रहरीले स्रोतले बतायो। प्रहरीले ती महिलालाई पक्राउ गरी अस्पताल लगेको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार