झापामा मानव—हात्ती द्वन्द्वको श्रृंखला निकै लामो भइसकेको छ । तराइको घना जंगल चारकोशे झाडीको महत्वपूर्ण क्षेत्रफलको प्रवेश विन्दु रहेको झापा भारतीय जंगलबाट नेपाल आउने हात्तीको मार्गस्थल पनि हो । यसैकारण झापामा जंगल साँघुरिदै गएर बस्ती विस्तार भएसंगै हात्ती—मानव द्वन्द्वको शुत्रपात हुन पुग्यो । यस द्वन्द्वको दीर्घकालीन समाधानका लागि पटक–पटक स्थानीयले सरोवारवालाको ध्यानाकर्षण गरे तर पनि समाधानको दीर्घकालिन उपाय निस्कन सकेन । यसको प्रत्यक्ष असर जनमानसमा परिरहेको छ । सरकारले न समयमा क्षतिपूर्ति दिन सक्छ न त हात्ती आतंक नै रोक्न सक्छ । वर्षौंदेखि मानव—हात्ती द्वन्द्व सहेर बसेका नागरिकको समस्या सरकारले बुझ्नु पर्दैन भन्ने प्रश्न उठिरहेको भए पनि चित्त बुझ्ने जवाफ आउन सकेको छैन । मान्छे मारिने, अंगभंग हुने, घर गोठ क्षति हुने, अन्नबाली नोक्सान हुने क्रम हरेक वर्ष बढ्दो छ भने हात्ती मारिने दर पनि बढिरहेको छ । यसखालको विषम परिस्थिति रोक्ने नयाँ सोच राज्य पक्षसित नरहेकै परिणाम मर्ने र मार्ने खेल नघटेको हो । यस खेल रोक्न राज्यपक्ष जिम्मेवार हुनै पर्छ ।
पछिल्लो पटक हामीले हल्दिवारीमा एउटा इमानदार कर्मचारी हात्तीकै कारण गमाएका छौं । झापा हल्दीवारी गाउँपालिका अन्तर्गत वडा नम्बर २ मा कार्यरत हामी सबैका आदरणीय राष्ट्रसेवक पाथल राजवंशीको हात्तीको आक्रमणबाट दुःखद निधन भएको छ । यस निधनले हल्दिवारीबासीमा गहिरो शोकसितै हात्ती त्रासले बास पाएको छ ।
२०४९ सालदेखि स्थाई रूपमा हल्दिवारीमा रहेर तपाईं हामीलाई सेवा दिदै आउनु भएका पाथल एउटा इमानदार र कर्तव्यनिष्ठ कर्मचारी हुनुहुन्थ्यो । हल्दिवारी गाउँ पन्चायत , गाविस हुदै हल्दिवारी गाउँपालिकामा कार्यरत सबभन्दा पुरानो कर्मचारी पाथलनै हुनुपर्छ ! ५७ वर्षीय पाथलको परिवारलाई हल्दिवारी गाउँपालिकाले न्यायोचित संमान र उचित सहयोग प्रदान गर्नु पर्दछ । गाउपालिकाका बासिन्दाको सहज सेवा प्रदान गर्दै आउनु भएका राजवंशी जस्ता राष्ट्रसेवक हात्ती आक्रमणमा परेर ज्यान गुमाउनु पर्ने दिनको सधै.का लागि अन्त्य होस् । पाथलालप्रति हार्दिक श्रद्धाञ्जलि ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार