बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित चासोक तङनाम (उधौली पर्व) धुमधामका साथ मनाइएको छ । बिर्तामोड चासोक तङनाम व्यवस्थापन समितिको आयोजनामा बिर्तामोड २ स्थित सोमबारेमा आयोजित चासोक तङनाम पर्व बिशेष कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक झाँकी प्रदर्शन, हाजिरीजवाफ, छेलो हान्ने , डोरी तान्ने प्रतियोगिता लगायतको कार्यक्रम आयोजना गरिएको थियो । समितिका अध्यक्ष कृष्ण कुमार लिङ्देनको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगर प्रमुख बलदेब गोम्देन ,बिर्तामोड ४ का वडाध्यक्ष राहुल शर्मा लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष किशोरकुमार पौडेल सहित ३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । अध्यक्ष कृष्ण कुमार लिङ्देनको अध्यक्षता रहेको कार्यक्रममा स्वागत सचिब राम कुमार बोखिमले गरेका थिए । कार्यक्रमको संचालन कमला लिम्बु र बुद्धराम बेगाले गरेका थिए ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
4
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार