काठमाडौं/काेटेश्वर ब्यबसायि संघकाे १८औं वार्षिकोत्सबकाे उपलक्ष्यमा रक्तदान तथा  जाजरकोटका भुकम्प पीडितहरूलाई  न्यानाे कपडा हस्तान्तरण कार्यक्रम  काेटेश्वर चाेकमा आयाेजना गरि सम्पन्न भएको छ ।

बागमती प्रदेश सभाका सभासद् माननीय सुनिल के.सी.काे प्रमुख आतिथ्यता रहेकाे उक्त विशेष कार्यक्रममा बिशेष अतिथिकाे रूपमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं
नेपालकै सर्वाधिक रक्तदाता,हालैमात्र “रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक” र पछिल्लाे समय प्रज्ञा भवनकाे पारिजात सभाकक्षमा दैलेखी सेवा समाजद्वारा आयाेजित विशेष कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका भाैतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाद्वारा “रगत महानायक”काे बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्य हुनुहुन्थ्यो ।

त्यसैगरी साे कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्ष नमराज पराजुली,नेपाल स्वयंसेवी रक्तदाता समाजका चन्द्रागिरी नगर समितिका अध्यक्ष तथा काेटेश्वर व्यवसायी संघका पूर्व अध्यक्ष वर्तमान सल्लाहकार सराेज थापा,नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की,नेपाल स्वयंसेवी रक्तदाता समाज झापा जिल्ला शाखाका अध्यक्ष सीताराम खतिवडा,पूर्वअध्यक्ष हरिशरण पाठक,पूर्वअध्यक्ष बिकास श्रेष्ठ,संस्थापक अध्यक्ष अच्युत लामिछाने, सरस्वती क्लबका अध्यक्ष शिक्षीत पराजुली र डिएसपी महानगरीय प्रहरी शिवलाल पाैडेल अतिथि रहनुभएकाे थियोे ।

काेटेश्वर व्यवसायी संघका अध्यक्ष गाेरखबहादुर थापाको सभापतित्व सञ्चालित साे कार्यक्रममा ३२ जना स्वयंसेवी रक्तदाताहरूलाई कार्यक्रमका विशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपालकै सर्वाधिक रक्तदाता, हालैमात्र “रक्तदाता सम्राट”,”राष्ट्रिय रक्त नायक” र पछिल्लाे समय प्रज्ञा भवनकाे पारिजात सभाकक्षमा दैलेखी सेवा समाजद्वारा आयाेजित विशेष कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका भाैतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय प्रकाश ज्वालाद्वारा “रगत महानायक”काे बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण-पत्र बितरण गर्नुभएको थियो ।

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार