मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मुनालझोडास्थित जनजागरण सामुदायिक वनभित्र सोमबार बिहान एउटा हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ ।

सब डिभिजन वन कार्यालय सलकपुरका अनुसार हात्तीलाई गोली हानेर मारेको आशंका गरिएको छ। घटनाको प्रकृति हेर्दा गोली हानेर मारेजस्तो देखिने सब डिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत लालबहादुर माझीले जानकारी दिए। माझी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

हात्ती मृत फेला परेको जानकारी स्थानीयले प्रहरी र वन कर्मचारीलाई गराए पछि वन कर्मचारी र प्रहरीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेको छ।

मृत हात्तीको थप अनुसन्धानका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन वन कार्यालय मोरङको टोली घटनास्थ पुगेर आउदै गरेको माझीले जानकारी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार