कचनकवल गाउँपालिका १ नम्बर वडा अध्यक्ष महावीर लिम्बू (रञ्जित)लाई पितृ शोक परेको छ ।

साबिक घेरावारि निवासी वडाध्यक्ष महावीरका बुबा मदन लिम्बुको ९२ वर्षको उमेर सोमबार निधन भएको हो ।

बिरामी परेका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

महावीरका बुबा मदन समाजसेवी तथा शालीन व्यक्तित्वको रुपमा परिचित थिए । उनका ६ छोरा र ५ छोरी रहेका छन् ।

उनको भोलि मंगलबार बिहान ११ बजे घर नजिकै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार