हल्दिबारी, १४ माघ । आदिवासी सन्थाल समुदायको सोहराई पर्वको अवसरमा हल्दिवारी, कचनकवल, बाह्रदशी, झापा गाउँपालिका र भद्रपुर नगरपालिकाले माघ १५ गते स्थानीय बिदा दिएका छ्न ।

गाउँपालिकाकाहरुले छुट्टाछुट्टै सूचना जारी गरी माघ १५ गते सार्वजनिक बिदा दिइएको जनाएको छ। पालिकाहरुले निकालेको सूचनामा भनिएको छ , गाउँपालिका कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू, शैक्षिक संस्थाहरू बन्द रहने छन् ।

त्यसै कमल र गौरिगन्ज गाउँपालिकाले भने माघ ११ गते नै सार्वजनिक बिदा दिएको नेपाल सन्थाल उत्थान आदिवासी संघका अध्यक्ष लखन हेमरमले जानकारी दिएको छ्न । उनका अनुसार झापामा सन्थाल समुदाय ३७-३८ हजार रहेका छ्न ।

यस पर्वको पहिलो दिनलाई उम, दोस्रो दिनलाई दाका तेस्रो दिनलाई खुन्टो, चौथो दिनलाई जाले, पाचौं दिनलाई हाकुकट कम र छैटौँ दिनलाई विरसिन्दरा भन्ने गरिन्छ ।

सन्थाल समुदायका मुख्य पर्वको रुपमा रहेको सोरहाय पर्वको अवसरमा सन्थाल समुदायको गाउँ वस्तिमा रौनकता छाएको छ । नेपालीहरूको महान् चाड विजया दशमी जस्तै सन्थाल समुदायले यो पर्व धार्मिक महत्वका साथ मनाउने गर्दछन् । हल्दीवारी, कचनकवल, बाह्रदशी, झापा, कमल, गौरिगन्ज गाउँपालिका तथा भद्रपुर र कन्काई नगरपालिका भित्र सन्थाल समुदायको बाक्लो बसोबास रहदै आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
2
+1
0
+1
1
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार