हल्दिवारी, १७ माघ । बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा भागलिन ‘स्वतन्त्र व्यवसायिक प्यानल’ मा ४ जना पदाधिकारीको नाम टुङ्गो लागेको छ ।

नेकपा एमालेसहित विभिन्न ५ वटा दलमा आवद्ध व्यवसायीहरुको प्यानलबाट अध्यक्षमा अर्जुन कुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम टुङ्गो लागेको हो ।

अध्यक्षका उम्मेदवार मैनाली वर्तमान महासचिब र वरिष्ठ उपाध्यक्षका उम्मेदवार घिमिरे वर्तमान वाणिज्य उपाध्यक्ष हुन भने महासचिवका उम्मेद्बार पौडेल बाणिज्य तर्फबाट वर्तमान सचीव हुन ।

यहि फाल्गुन १४ मा हुने निर्वाचनका लागि दलहरु आफ्नो उम्मेदवार छनोटको प्रक्रियामा छन् । स्वतन्त्र व्यवसायिक प्यानलमा अन्य केहि व्यवसायीको नाम पनि चर्चामा रहेपनी टुंगो लागिसकेको छैन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार