काठमाडौं । ब्यापारी अरुणकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चौधरीलाई बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो ।

नेपाली कांग्रेसका सांसद बिनोद चौधरीका भाइ अरुण चौधरीलाई बाँसबारी छाला जुत्ता कारखाको १० रोपनी भन्दा बढी जग्गा अतिक्रमण गरेको आरोपमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । चौधरीलाई सीआईबीमा पुर्याइसकिएको छ ।

बिनोद चौधरी र अरुण चौधरीले बाँसबासी छाला जुत्ता कारखाना हाल गंगालाल मुटुरोग अस्पतालको १० रोपनी जग्गा कब्जा गरी चाँदबाग स्कुल बनाएका छन् ।

विनोद चोधरीको मेजर सेयर रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रालिले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अतिक्रमण गरेको भए पनि उनलाई छाडेर उनका भाइ अरुणलाई सीआइबीले पक्राउ गरेको छ ।

अरुणकुमार चौधरी सीजी होल्डिङ्स्‌का अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् । उनी हंगेरीका अवैतनिक महाबाणिज्यदूत पनि हुन् ।

चौधरी ग्रुपले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अतिक्रमण गरी चाँदबाग स्कुल बनाएको बिषयमा मिडियाले यसअघि नै उजागर गरिसकेका छन् ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार