आज २०८० साल माघ २१ गते आईतबार, तपाईको राशिफल ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिस्पर्धीलाई कमजोर ठान्दा हानी होला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । यसका बाबजुद कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । कृषि तथा पशुपालनमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाइला ठाउँको भ्रमण गर्ने अवसर प्राप्त होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा र खर्च बढ्ने योग रहेकोले सचेत रहनु हितकर होला । पारिवारिक समस्याको समाधान होला । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्यापारमा राम्रै फाइदा होला । शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइने योग छ । तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउने देखिन्छ । लेनदेनमा विवाद होला । विगतका समस्या बल्झिन सक्छन् ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अतिथिका रूपमा सम्मान पाइने योग पनि छ । तथापि, आज हातमा आएको अवसर गुम्ने सम्भावना देखिन्छ । सहयोगी वा हितैसीले कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन् । रसरागमा आकर्षण बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख मिल्ला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सामान्य तवरले अस्वस्थताको अनुभूति होला, तर कामको दायित्व भने बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफलता प्राप्त होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्ने दिन भएपनि समयमा होसियार बन्न नसक्दा काममा बाधा पुग्ने र खर्च बढ्न सक्छ । मेहनतअनुसार फाइदा कमै होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिएर काममा उत्साह जागृत होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिएला । नसोचेको ठाउबाट धनको लाभ हुने योग छ । साथै ब्यापार ब्यबसायमा पनि लाभ हुने देखिन्छ । रसरागमा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । बोलीको गलत अर्थ लाग्नाले आत्मसम्मानमा चोट पुग्न सक्छ । विचारलाई तौलेर व्यक्त गर्नु बुद्धिमानी हुनेछ । आयबल वृद्धि र दाम्पत्य सुखको योग छ । योजना र बजेट बनाइ कार्य गर्नु हितकर होला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) स्वास्थ्यको लागि आज खानपानमा विशेष सावधान रहनु हितकर हुनेछ । अरूका काममा समय बित्ने योग छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले विचार पु¥याएर काम गर्नुहोला । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । अनावश्यक भ्रमणबाट पन्छिने प्रयास गर्नु हितकर होला । साहसका साथै आरोग्यबल बढ्ने समय छ । मिठो भोजन प्राप्त होला।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा हुनेछ तर मौकाको फाइदा उठाउन विशेष विवेक लगाउनु आवश्यक छ । आजको दिन सवारीसाधनको प्रयोगमा विशेषसावधानी अपनाउनुहोला । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नुका साथै बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) गरिएका कामको राम्रै मूल्यांकन होला । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । सफलताका लागि गरिएका प्रयत्न खेर जाने छैनन् । आरोग्यताका साथै रसरागमा आकर्षण बढ्ला । यात्रा सफल हुनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार