हल्दिबारी, २३ माघ । हल्दिबारी गाउँपालिकामा आजदेखी इन्भाइरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालको सहयोगमा इन्डक्सन चुलो बितरण सुरु गरिएको छ ।

इन्भाइरोमेन्ट प्रोटेक्सन सेन्टर नेपालका प्रमुख सन्दिप कुमार कण्ठको प्रमुख आतिथ्यता तथा हल्दिबारी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष विष्णु प्रसाद ओलीको विशेष आतिथ्यतामा भएको कार्यक्रममा हल्दिबारीलाई संस्थाले पहिलो चरणमा १५० चुलो उपलव्ध गराउन लागिएको जानकारी संस्थाका प्रमुखले दिनु भएको थियो ।

इन्डक्सन चुलो हस्तान्तरण कार्यक्रमलाई कार्यक्रममा प्रमुख अतिथि तथा संस्थाका प्रमुख सन्दिप कुमार कण्ठ, वडा अध्यक्ष विष्णु प्रसाद ओली, कार्यक्रम ल्याउन पहलकदमी गर्ने समाजसेवी महेशलाल मेचे , वडा नं. ५ का वडा सचिव भजन बहादुर संग्रौला लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व श्री कल्याण बचत तथा ऋण सहकारी संस्था ली. हल्दिबारी ३ का अध्यक्ष नरेन्द्र आङ्बो लिम्बुले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण सहकारीका कर्मचारी सन्तोष मेचेको रहेको थियो ।

हल्दिबारी उद्यागे बाणिज्य संघका सदस्य तथा नेकपा एमाले गाउँकमिटि उपाध्यक्ष महेशलाल मेचेको पहल कदमिमा पहिलो चरणमा १५० चुलो आजदेखी वितराण् गर्न सुरु गरिएको हो। हल्दिबारीका ६ वटा सामुदायिक विद्यालयहरु हल्दिबारी मा.वि., लक्ष्मि मा.वि., महेन्द्र मा.वि., जनजागृति मा.वि., सरस्वती मा.वि., गरमकालि आ.वि. र सामुदायिक तर्फ क्यानरि एकेडेमि र चिल्ड्रन गार्डेन अंग्रेजी विद्यालयलाई शुद्ध खानेपाने खुवाउने हेतुले खानेपानि प्लान्ट उपलव्ध गराउन सहयोग पुर्याएका मेचेले हल्दिबारी गाउँपालिका भित्र ५५ सय २० सुधारीएको चुलो समेत वितरण गरिसकेका छन् ।

श्री कल्याण बचत तथा ऋण सहकारी संस्था ली. हल्दिबारी ३ ले इन्डक्सन चुलोको लागि इपिसी नेपाल संग सम्झौता गरि पहिलो चरणमा १२ हजार ५ सय मुल्य बराबरको चुलो २७ सय रुपैयामा बितरण गर्न लागिएको इपिसी नेपालका कोशी प्रदेश प्रमुख अमर मेचेले जानकारी दिए ।

संस्थाले हल्दिबारीलाई पहिलो प्राथमिकतामा राख्दै इन्डक्सन चुलो सन २०२५ सम्ममा हल्दिबारीका प्रत्येक घरधुरीमा पुर्याउने लक्ष लिएको छ भने चाडै किसान लक्षित मल, विउका कार्यक्रम समेत ल्याउन लागिएको हल्दिबारी सहजकर्ता महेशलाल मेचेले बताउनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
9
+1
19
+1
0
+1
0
+1
0
+1
2

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार