झापा । श्रीमान् परस्त्रीसँग लागेको भन्दै झापाको बुद्धशान्तिमा एक महिलाले पाँच वर्षकी छोरीसहित आत्मदाहको प्रयास गरेकी छन् । शुक्रबार राति साढे ८ बजेको समयमा बुद्धशान्ति गोपालडाँडा घलेगाउँ बस्ने राजन विककी श्रीमती २८ वर्षीया माया रम्तेलले छोरी ५ वर्षीया वर्षा बिकलाई आफ्नै शरीरमा सलले बाँधेर शरीरभरि पेट्रोल खन्याई आफैले आगो लगाएकी थिइन् ।

स्थानीयले देखेर तत्काल आगो निभाएका थिए । राति ९ ः२० बजे इलाका प्रहरी कार्यालय बुधबारेको टोली घटनास्थल पुगेर दुवै घाइतेलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार पुर्‍याएका थिए ।

माया रम्तेलको शरीरको सम्पूर्ण भाग जलेकोले अवस्था गम्भीर रहेको छ भने बोल्न नसक्ने छोरी वर्षा बिकको शरीरको विभिन्न भागमा जलेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै सुसाईड नोट फेला परेको थियो । उक्त नोटमा श्रीमान् अन्य महिलासँग सम्बन्धमा रहेको कारण बाध्य भई यस्तो निर्णय लिन पुगेको लेखिएको छ ।

श्रीमान् राजन शुक्रबार बिहानैदेखि ज्यामी काममा गई घर फर्की आउने क्रममा उनलाई बुधवारे बजारबाट प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
7
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार