मोरङ, ९ फाल्गुन । मोरङको बुढिगंगा गाउँपालिका-१ स्थित भित्री सडकखण्डमा मोटरसाईकल अनियन्त्रतित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आज राती सवा १२ बजे पुष्पलाल चौकबाट मानगडतर्फ जादै गरेको प्रदेश १-०२-०४२प ९८३४ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकल चालक ग्रामथान गाऊँपालिका-१ का २६ बर्षिय राहुल चौधरी र पछाडी सवार २४ बर्षिय शम्भु चौधरी घाईते भएका थिए ।
घाईतेहरुलाई उपचारकोलागी कोशी अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा शम्भु चौधरीको मृत्यु भएको हो । घटनाबारेमा जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरीरहेको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1