हल्दिवारी ,९ फाल्गुन । कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मेचीनगर नगरपालिकालाई ५ विकेटले हराउँदै कचनकवल फाइनल प्रवेश गरेको हो ।

पहिले ब्याटिङ राजेको मेचीनगर निर्धारित २० ओभरमा १३.२ ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य पछ्याएको कचनकवलले १८.२ ओभरमा ५ विकेट गुमाउँदै ९० रनको लक्ष्य प्राप्त गरेको थियो ।

४ ओभर बलिङ गर्दै ११ रन दिएर ४ विकेट लिएका कचनकवलका अनिल लामिछाने खेलको प्लेयर अफ दि म्याच घोषित भए ।

झापाका १५ वटै पालिकाको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले बताए ।

खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार