मोटरसाइकल चोरीका घटनाले झापा प्रहरीलाई हैरान बनाएको झापा प्रहरी फागुन ३ गते चोरी गिरोह आबद्धमा एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएका प्रहरी टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ घर भई हाल झापा बिर्तामोड नगरपालिका वडा नम्बर ६ बुट्टावारि बस्ने २७ वर्षीय योगेश मगर भन्ने बालकुमार मगरलाई पक्राउ गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

बिर्तामोडबाट चोरी भएको प्र–१–०१–०१२ प ३५४७ नम्बर उल्लेख भएको २२० सिसीको कालो रातो पल्सर मोटरसाइकल बिक्री गर्न जाँदै गरेको अवस्थामा मगरलाई पाँचथर हिलिहाङ गाउँपालिका वडा नम्बर ५ बाट पक्राउ गरी झापा ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिनुभएको छ ।

प्रहरीले उनलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। मगर पक्राउ परेसँगै उनले बिक्री गरेको आठ वटा मोटरसाइकल समेत फेला परेको एसपी केसीले जानकारी दिनुभयो ।

मोटरसाइकल ताप्लेजुङ जिल्लाको विभिन्न स्थानबाट फेला परेको र गिरोहमा आबद्ध अझै तीन जना फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको समेत एसपी केसीले बताउनुभयो ।

झापाबाट चोरी भएका मोटरसाइकल ताप्लेजुङ लगेर ३५ देखि ५० हजार रुपैयाँसम्म बिक्री मगर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा इन्स्पेक्टर ढुण्डिराज गिरीले जानकारी दिनुभएको छ । त्यहाँ मोटरसाइकल बिक्री गरेर मगरले रकम बिर्तामोडको आइएमइमा पठाउने र गिरोहका अन्य व्यक्तिले निकाल्ने अनुसन्धानबाट खुलेको इन्स्पेक्टर गिरीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

चोरी गरिएका मोटरसाइकलको नम्बर प्लेट मेटाएर पहाडी जिल्लामा पुर्याएर बिक्री गर्न गिरोह सक्रिय रहेको उनको भनाई छ। फेला परेको मोटरसाइकलहरू प्र–१–०३–००५प ८०४३ नम्बरको २२० सिसीको कालो पल्सर, प्र–१–०१–०१६ प १२६ नम्बरको २२० सिसीको कालो निलो पल्सर, प्र–१–०२–०४८ प ३२३७ नम्बरको २२० सिसीको रातो सेतो पल्सर, नम्बर प्लेट उल्लेख नभएको २२० सिसीको कालो रातो पल्सर, को ३९ प १८८४ नम्बरको १५० सिसीको कालो निलो पल्सर, ०१४ प ३१ नम्बर उल्लेख भएको एनएस र बा ७२ प १९९१ नम्बर भएको १५० सिसीको रहेको प्रहरीले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार