जनक राजवंशी/हल्दिबारी, १३ फाल्गुण । हल्दिबारी गाउँपालिका वडा नं. २ मा रहेको सरस्वती आधारभूत विद्यालयको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा हल्दिबारी डटकमका प्रधान संपादक नेत्र बिक्रम बिमली र नागरिक एफएमका समाचार प्रमुख गाेपाल गिरी सम्मानित हुनु भएको छ ।
उहाँहरुलाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विद्यालयले नगद सहित दोसल्हा सहित सम्मान पत्रले सम्मान गरेको थियो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन, उपाध्यक्ष लक्ष्मी देवी मैनाली, प्रमुख प्रसाशकिय अधिकृत मान बहादुर बन महेन्द्र, वडा नं. २ का वडा अध्यक्ष शुकलाल राजवंशी विद्यालय व्यवस्थापनका अध्यक्ष इश्वरी दाहाल र विद्यालयका प्र.अ. गोविन्द बोहोराले वहाँहरुलाइ सम्मान गर्नु भएको थियो । सोहि अवसरमा हल्दिबारी मा.वि.का पुर्व प्र.अ. नरेन्द्र कुमार कार्की एवं पुर्व शिक्षक भिम बहादुर श्रेष्ठलाई समेत शिक्षामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।
विद्यालयकाे वार्षिक उत्सव कार्यक्रमलाई प्रमुख अतिथि हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन, लक्ष्मि देवी मैनाली, वडा नं. २ का अध्यक्ष शुकलाल राजवंशी, संमानित ब्यक्तीत्व नरेन्द्र कुमार कार्की, विद्यालय ब्यवस्थापन समिति सदस्य तथा वडा सदस्य रचना राई विद्यालयका पुर्व अध्यक्षहरु खकेन राजवंशी, डम्बर बहादुर खत्री, हल्दिबारी २ माओबादी केन्द्रकी सचिव शारदा चौलागाई, नव सृजना प्रा.वि.का प्र.अ. भिम दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
विभिध सास्कृतिक कार्यक्रम सहित मनाइएको ६४ औं बाषिक कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इश्वरी दाहालले गर्नु भएको कार्यक्रमा स्वागत विद्यालयका प्र.अ. गोविन्द बोहोराले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण विद्यालयको शिक्षिका समिस्टा नेपालले गर्नु भएको थिया ।