हल्दिबारी । नेकपा एमाले हल्दिवारी गाउँकमिटीले ५१ औं शहिद दिवसको अवसरमा अंतर जनसंगठन हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
नेकपा एमाले हल्दिवारी गाउँकमिटी अध्यक्ष त्रिलोचन सापकोटाको सभापतित्व तथा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा किसान संघ ३५ अन्क ल्याउदै प्रथम भएको थियोे ।
त्यसैगरी युवा संघले २२ अन्क ल्याउदै दितिय , जन सास्कृतिक महासंघले १९ अन्कका साथ तिर्तीय भएको एमाले हल्दिवारी गाउँ कमिटी इन्चार्ज नरेस चुडालले जानकारी दिए ।
उनका अनुसार आदिवासी महासङ र अनेम संघले १६/१६ अन्क का साथ चौथो स्थान हासिल गरेभने अनेरास्ववियु १३ अन्कको साथ पाचौं ,त्यसै मुक्ति समाज १२ अन्कको साथ छठौ र उद्योग महासङले ११ अन्क प्राप्त गरि सातौ स्थान भएका थिए ।
झापा जिल्लाका सबै पालिकामा एकै समय भएको हाजिर जवाफ प्रतियोगितामा प्रथम हुने टिमले जिल्ला स्थरिय प्रतियोगितामा भाग लिने समेत कार्यक्रममा जानकारी दिइएको थियोे ।
उक्त ५१ औं सहिद दिवसको कार्यक्रममा प्रमुख अतिथि पोर्तेल , प्रदेश कमिटी सदस्य मोहन चन्द्र रेग्मी , प्रदेश सभा सदस्य माननीय छविलाल चुडाल, एमाले जिल्ला सचिवालय सदस्य नरेस चुडाल , गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
हल्दिवारी – नेपाल रेडक्रस सोसाइटीको सभा हलमा सम्पन्न हाजिर जवाफ प्रतियोगितामा हल्दिवारीका ८ वटा जन बर्गिय संगठनले भाग लिएका थिए ।
कार्यक्रम सहभागी टिम तथा बिजयी टिमलाई प्रमुख अतिथि लगायत महानुभावहरुले पुरस्कर तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
उक्त हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा स्वागत मन्तव्य गाउँ कमिटी उपाध्यक्ष महेसलाल मेचेले गर्नु भएको कार्यक्रमको सहजीकरण गाउँ कमिटी उपसचिव हरिकृष्ण अधिकारीले गर्नु भएको थियो।