इलाम | ईलामको माइजोगमाई गाउँपालिका -३, गिद्देभिर स्थित ढुङ्गाको च्यापमा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेका नवजात शिशु लिन आउन बस्नेत दम्पतीलाई सात दिने सूचना माईजोगमाई गाँउपालिकाले जारी गरेको छ ।

गाउँपालिकाले इलामकै माई नगरपालिका–१० का बस्नेत दम्पती ठहरसिंह बस्नेत र विष्णु चौंलागाईंलाई शिशु लिन आउन सूचना गरेको हो । सामाजिक एवम शैक्षिक क्षेत्रमा सकृय ठहरसिंह स्थानीय हिमालय माविका शिक्षक हुनुहुन्छ भने विष्णु गृहिणी हुनुहुन्छ । बिवाह भएको २५ बर्ष वितेपनि बस्नेत दम्पतीको सन्तान हुन सकेको थिएन।

माईजोगमाई गाँउपालिकाले बेवारिसे शिशु व्यवस्थापन गर्न बनेको कार्यविधिअनुसार माग गरिएका निवेदनमध्ये बस्नेत र चौंलागाईंको निवेदन सबैभन्दा योग्य पाएको जनाएको छ ।

गाँउपालिकाले कार्यविधिको अनुसूची ३ बमोजिम रीत पुर्‍याइ शिशु लिन आउन सूचना जारी गरेको जनाएको छ । अनुसूची ३ मा शिशुको स्याहार, हेरचाह, शिक्षा, स्वास्थ्यलगायत विभिन्न १४ सर्त उल्लेख छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार