हल्दिवारी , २० फाल्गुन । मेचे युवा क्लब हल्दीवारी – ४ ऎनावारीको सहकार्यमा छैटौं अन्तर्राष्ट्रिय बोडो युथ राइटर मिट प्रोग्राम हुने भएको छ ।
यही फाल्गुन २१ , २२ र २३ गते हाजोङ्गा वाली खुङ्गी शिवालय मन्दिरको सभाहलमा सम्पन्न हुने मिट प्रोग्राममा भारतको असाम , पश्चिम बङ्गाल र नेपालका युवा बोडो हरुको सहभागिता हुने क्लबका सल्लाहकार संयोजक सन्तोष कुमार मेचेले जानकारी दिए ।
नेपालमा पहिलो पल्ट हुन लागेको प्रोग्राममा ३ सय भन्दा बढी बोडो बिज्ञहरु सहितको युवाहरूले मेचे समुदायको रितिरिवाज , जातीय धर्म – सस्कृती , भेषभुषा , भाषा र उनिहरुले भोग्नु परेको समस्याको बारेमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
2
+1
+1
+1
+1