हल्दिवारी, झापा । हल्दीवारी गाउँपालिका – ३ साविक जलथल – १ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा लगाइएको धार्मिक अनुष्ठान श्रीमद् मार्कण्डेय महापुराण नवाह ज्ञान महायज्ञ शनिवार सम्पन्न भएको छ ।

२०८० साल फागुन १८ गतेबाट सुरु भएको श्रीमद् मार्कण्डेय महापुराणको समापन संविधान सभा सदस्य केदारप्रसाद सञ्जेलको प्रमुख आतिथ्यता एवं पुराण आयोजक समितिका संयोजक गोविन्द बोहोराको अध्यक्षतामा ८५ वर्ष माथिका जेष्ठ अभिभावकलाई दोसल्ला र लट्ठी प्रदान गर्दै सम्मान गरिएको थियोे ।

समापन कार्यक्रममा मन्दिरलाई सहयोग पुर्‍याउने दातादम्पती केदारप्रसाद सञ्जेल र टिका सञ्जेल एवं मन्दिर परिसरमा दुर्गा मन्दिर बनाइदिने अमेरिका निवासी उर्मिला दङ्गाललाई विशेष सम्मान गरिएको थियो।

त्यसैगरी धार्मिक तथा पर्यटकीय क्षेत्र सुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिर क्षेत्रको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक एफएमका समाचार प्रमुख गोपाल गिरी, हल्दिवारी डटकमका प्रधान सम्पादक नेत्रविक्रम विमली र हल्दीवारी गाउँपालिका प्रेस संयोजक देविका अधिकारीलाई नगदसहित सम्मान गरिएको थियो।

समापन कार्यक्रममा प्रमुख अतिथि केदारप्रसाद सञ्जेल, प्रमुख वाचक आचार्य पण्डित प्रदीप भण्डारी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द बोहरा , किराँत माङहिमका अध्यक्ष लालबहादुर कन्दङ्वा र रणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष धनबहादुर साँवालगायतले स्वर्गद्वारी पर्यटकीय क्षेत्रको महत्त्व र भावी योजना र बिकास निर्माणका बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो।

मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष शालिग्राम कार्कीले स्वागत गर्नु भएको समापन कार्यक्रमको सहजीकरण सचीव ताराबहादुर वोहोरको रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार