द्रोण अधिकारी/  भद्रपुर । भद्रपुरका क्रान्तिकारी कविको छवि बनाएका विहरी अधिकारीको एकल कविता वाचन सम्पन्न गरिएको छ ।

भद्रपुर ९ मा रहेको देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा कवि अधिकारीले आफ्नो एकल कविता वाचन गरेका हुन् ।
कवि तथा साहित्यकार डिल्लीरमण नेपालको प्रमुख आतिथ्यमा सम्पन्न एकल कविता वाचनमा कवि अधिकारीले विगतदेखि वर्तमानसम्मको समाज चित्रण गर्ने नौ वटा कविता वाचन गरेका थिए ।

सहिदको सम्झना गर्दै कविता वाचन सुरू गरेका अधिकारीले सहिदको योगदान बिर्सदै गएकोमा आक्रोस पोखे । उनले भो तीजमा लिन नआउ कविता मार्फत नेपाली नारीमाथि हत्या, बलात्कार, शोषण, दमन भइरहेको संकेत गर्दै नारीको सुरक्षा गर्न सवैसित आग्रह समेत गरेका थिए । कवि अधिकारीले तस्रो कविता आमा कति रोयौं मार्फत नेपाल देश असल शासक नरहेकै कारण सिमाना मिचिएको, स्वाभीमान गुम्दै गएको, भ्रष्टाचार, दुराचार, अन्याय र अत्यचार बढिरहेकोले नेपाली आमा रोइरहेको दुखेसो पोखे ।

अधिकारीले कति लेख्छौ यो पुरस्कारको कविता शीर्षकमा आज कवि कलाकार चोर, तस्कर र घुसखोरीको नियन्त्रमा रहेकोले यस्तो समाजमारा प्रवृत्ति अन्त्य गर्ने कविता लेखिनु पर्ने आवाज उठाएका छन् । उनले युवाहरूलाई सन्देश शीर्षकमा आफ्नो मातृभूमि उजाड बनाएर अर्काको भूमि उर्वर बनाउन विदेसिने प्रवृत्ति त्याग्न नेपाली वुवा युवतीसित आग्रह गरे । अधिकारीले हजुर बाको सन्देश र नातिको प्रश्न कवितामा संघीय लोकतान्त्रिक गणतन्त्र जनमैत्री बन्न नसक्नुमा शासकीय सिद्धान्त कमजोर भएर शासक बलियो बन्दै गएकोमा सत्तासिन दलप्रति कटाक्ष गर्दै व्यङ्ग्य प्रहार गरेका थिए ।

उनको जन्मथलो धनकुटा शीर्षको गीतसम्म आइपुग्दा नौ वटा कविताले नेपाली समाजको वास्तविक चित्र प्रस्तुत गरेका थिए ।
स्मारक समितिका अध्यक्ष राजु वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कवि अधिकारीको परिचय सहप्राध्यापक तारा विविध तथा कविताको टिप्पणी सहप्राध्यापक चुडामणि वशिष्ठले गरेका थिए । उपाध्यक्ष ज्ञानेन्द्र कटुवालले स्वागत गरेको कार्यक्रममा वीरेन्द्र मावि, पुँहातु जनज्योति मावि र जीवन ज्योति आधारभूत विद्यालयका विद्यार्थीले विविध साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने भद्रपुर २ का वडाध्यक्ष रामबहादुर कँडेलले शुभकामना मन्तव्य राखेका थिए ।

सचिव युवराज ढकालले सञ्चालन गरेको कार्यक्रममा भाषासेवी चुडामणि रेग्मी लगायत लेखक साहित्यका स्रष्टाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार