काठमाडौँ । रौतहटमा मनि ट्रान्सफरमा लुटपाट भएको छ । रौतहटको परोहा नगरपालिका-९ खापचोकस्थित शिव मनि ट्रान्सफरमा लुटपाट भएको हो ।

शुक्रबार दिउँसो हातहतियारसहित मोटरसाइकलमा आएका तीन जना लुटेराहरुको समूहले मनि ट्रान्सफरमा लुटपाट गरेका हुन् । लुटपाटका क्रममा लुटेराहरुले मनि ट्रान्सफरमा गोलीसमेत प्रहार गरेका थिए । शिव मनि ट्रान्सफरको सञ्चालक नितेश साहमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

श्रेष्ठका अनुसार लुटेराहरुले प्रहार गरेको गोलीले साहको कान छेडिएको छ । हाल घाइते साहलाई उपचारका लागि वीरगन्ज पठाइएको एसपी श्रेष्ठले जनाएका छन् ।

त्यस्तै, उक्त लुटपाटमा संलग्न लुटेराहरुलाई पनि पक्राउ गरिएको एसपी श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार पक्राउ पर्नेमा विहारका मुनित कुमार यादव, राजाकुमार पास्वान र चन्द्रमान सिंह रहेका छन् । अर्थ सराेकारबाट साभार

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार