बिर्तामोड नगरपालिका  पूर्वपश्चिम राजमार्गमा रहेको पश्चिम बस स्टेन्डमा एक युवामाथि छुरा प्रहार भएको प्रहरीले जनाएको  छ ।

प्रहरीका अनुसार मंगलबार बेलुकी  छुरा प्रहारबाट घाइते हुने बिर्तामोड – १ का २३ बर्षिय सुनिराम मुर्मुलाई उपचारका लागि स्पाइन एक्स अस्पताल लगिएको छ भने  छुरा प्रहार गरेको सम्लग्नतामा  प्रहरीले  ५ जनालाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा  बिर्तामोड न.पा. १ बस्ने बर्ष अं. २३ को राम टुडु ,६ बस्ने बर्ष १९ की एलिना श्रेष्ठ त्यस्तै १ बस्ने बर्ष अं. २९ को सुसान मुर्मु , अर्जुनधारा न.पा.११ बस्ने बर्ष ३० को सरोज सहनी र कनकाई न.पा. १ बस्ने बर्ष अं. २३ को मनोज बि.क. रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोडको पश्चिम बस स्टेन्ड  रातको समयमा लागुऔषधको कारोबार र यौनधन्दाको अखडा बनेको स्थानीयले प्रहरीलाई पटकपटक जानकारी गराउदा समेत झन बढ्दै गएको उनीहरुको गुनासो रहेको छ ।

लागुऔषध र यौनधन्दाको गतिविधिले रातको समय बिर्तामोडमा एकलै  निस्कन समेत   असुरक्षित बन्दै गइरहेको विभिन्न यस्ता घटनाले थप पुष्टि गरेको छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार