गौरादह – झापाको गौरादह नगरपालिका वडा नम्बर ७ तामाङ चोक बस्ने ३५ वर्षीया सुमित्रा मुर्मूको छिमेकीको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधवार राति ९ बजेको समयमा स्थानीय ४५ वर्षीय मेघराज दर्जीले मुर्मूलाई मरणासन्न हुनेगरी कुटपिट गरेको स्थानीयले बताएका छ्न ।

राति मेघराज दर्जीले आफ्नो घरमा चामल चोरिरहेको अवस्थामा मुर्मुले फेला पारेकी थिइन्। पक्राउ गर्न खोज्दा चोरीमा संलग्न दर्जीले मुर्मूलाई संवेदनशील अंगमा मुक्का र लात प्रहार गरी घाइते बनाएर थिए ।

घाइते मुर्मूलाई छिमेकीहरुले उपचारका लागी आम्दा अस्पताल दमक पुर्‍याएकोमा उपचारका हिजो दिउँसो १ बजे मुर्मूको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकका आफन्तहरूले हिजो अस्थायी प्रहरी चौकी जुरोपानीमा उजुरी दिएपछि हत्यामा संलग्न दर्जीलाई इलाका प्रहरी कार्यालय, गौरीगञ्जबाट खटिएको टोलीले नियन्त्रणमा लिएको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार