बनियानी , १७ चैत । झापाको दक्षिणी सिमामा जोडिएको कचनकवल गाउँपालिकाले बनियानी बजारमा सिसि क्यामरा जडान गरेको छ ।

गाउँपालिकाले बनियानी बजार क्षेत्रमा हुने चोरी र सडक दुर्घटनालाई मध्यनजर गरि प्रहरी अनुसन्धानलाई सहयोग पुर्‍याउने उद्देश्यले क्यामेराले जडान गरेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनु भएको छ ।

कचनकवल गाउँपालिकामा पर्ने चारआली केचना मुख्य सडक र बजारका मुख्य चौक क्षेत्रको ९ स्थानमा क्यामरा जडान गरिएको उपाध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।

गाउँपालिका सूचना शाखाका आइटी अधिकृत दीपेन्द्र गणेशका अनुसार ९ स्थानमा जडान भएको ३ वटा पीटीजेट र ६ वटा फिक्स क्यामेरा जडान गरिएको छ उक्त क्यामेराले ८०० मिटर टाढासम्मको राति पनि निगरानी गर्ने क्षमता रहेको छ ।

कचनकवलमा बड्दै गएको सडक दुर्घटना ,शृङ्खलाबद्ध चोरीका घटना र तस्करी नियन्त्रणमा सिसि क्यामरा जडानले सहयोग पुग्ने र गाउँपालिका भित्रका सबै वडाका मुख्य बजार चोकमा पनि क्यामरा जडान गर्ने कार्यक्रम रहेको उपाध्यक्ष भट्टराईले हल्दिवारी डटकमलाई जानकारी दिनुभएको छ ।

सिसि क्यामराको निगरानी २४ घण्टा इलाका प्रहरी कार्यालय बनियानीबाट हुने गरि व्यवस्था मिलाइएको समेत उहाँले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार