झापाको मेचीनगर–७ स्थित सतिघट्टामा ९ फिट लामो अजिङ्गर फेला परेको छ । मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलको नेतृत्वमा अजिङ्गरको उद्धार गरी बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वनमा लगेर छाडिएको छ ।

उक्त वयस्क अजिङ्गर लगभग १० केजी तौलको रहेको छ । चिया बगानमा अजिङ्गर फेला परेपछि सतिघट्टाका स्थानीय सोम लुइँटेलले खबर गरेको समाजका अध्यक्ष खरेलले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार