झापाको बिर्तामोड नगरपालिका- ३ स्थित बिर्ताबजारमा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् । मंगलबार साँझ सवा ७ बजेको समयमा महेन्द्ररत्न मावि अगाडिको सडकमा प्रदेश १ –०१–००२ह ६२१ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको बिर्ताबजार प्रहरी चौकीले जनाएको छ । अटोमा चार जना सवार रहेकोमा दुईजना गम्भीर घाइते भएको र उनीहरूलाई बीएण्डसी हस्पिटल लगिएको प्रहरी चौकीका असई राजेश पौडेलले बताए । घाइतेहरूको नाम खुलेको छैन । दुर्घटनापछि अटो चालक फरार रहेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
3
+1
0
+1
2
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार