भद्रपुर । भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालको स्तर वृद्धि तथा नामाकरण सच्याउन माग राख्दै भद्रपुर नगरपालिकाले कोशी प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

नगर प्रमुख गणेश पोखरेलको नेतृत्व टोलीले कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारलाई अस्पतालको स्तर वृद्धि तथा नामाकरण सच्याउन प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमा कोशी प्रदेशको एक मात्र प्रादेशिक अस्पतालका रूपमा रहेको मेची प्रादेशिक अस्पताल नाम रहनु पर्ने तथा विपन्न नागरिकका सन्तानले पनि मेडिकल अध्ययन गर्ने वातावरण निर्माण गर्न मेडिकल कलेजका रूपमा स्तर बृद्धिको माग राखेको छ ।

प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटण्डन रामबाबु खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनुवारले अस्पतालको विकासका लागि स्तर वृद्धिको प्रकृयामा लैजाने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशी, मोहन महर्जन, गोपाल तामाङ्ग लगायतको उपस्थिति थियो भने निमित्त मे.सु. रामबाबु खड्काले अस्पतालको सम्पूर्ण गतिविधिको बारेमा जानकारी गराएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार