हल्दीबारी, २३ चैत्र । हल्दीबारी गाउँपालिकामा चालु आ.व.२०८०÷०८१ को चैत २३ गते सम्म ४० जनाले सम्वन्ध विच्छेद गरेका छन् ।

गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत मान बहादुर बन (महेन्द्र) का अनुसार आ.व. २०७९÷०८० को तुलनामा यस आ.व. सम्वन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको हो । उनका अनुसार अदालतबाट सम्वन्ध विच्छेद गरि विभिन्नि वडाबाट सम्वन्ध विच्छेदको प्रमाण पत्र लिनेको संख्या ४० पुगेको हो । जस अनुसार वडा नं. १ मा १८, वडा नं. २ मा १०, वडा नं. ३ मा ६, वडा नं. ४ मा ३ र वडा नं. ५ मा ३ जना रहेका छन् ।

त्यसैगरि मृत्यु हुनेको संख्या वडा नं. १ मा ५६, वडा नं. २ मा ४३, वडा नं. ३ मा २८, वडा नं. ४ मा २६ र वडा नं.५ मा ४५ जना गरि १९८ जना रहेकाे छ । त्यसैगरि यसै अवधिमा वडा नं. १ मा ११२, वडा नं. २ मा १५८, वडा नं. ३ मा ७१, वडा नं. ४ मा ७३ र वडा नं. ५ मा ८१ गरि ४९५ जनाको जन्म दर्ता गरिएको छ । त्यस्तै वडा नं. १ मा ६३, वडा नं. २ मा ५६, वडा नं. ३ मा ३३, वडा नं. ४ मा ४२ र वडा नं. ५ मा ३५ गरि २२९ जनाले विवाह दर्ता गरेका छन् ।

त्यसैगरी सोही अवधिमा वडा नं. १ मा २८ परिवार, वडा नं. २ मा ४३ परिवार, वडा नं. ३ मा १६ परिवार, वडा नं. ४ मा १३ परिवार र वडा नं. ५ मा ७ परिवार गरि जम्मा १०७ परिवार बसाईसरी आएकाछन् भने सोही अवधिमा वडा नं. १ मा २५ परिवार, वडा नं. २ मा १८ परिवार, वडा नं. ३ मा १६ परिवार, वडा नं. ४ मा १२ परिवार र वडा नं. ५ मा ७ परिवार गरि जम्मा ७८ परिवार बसाईसरी अन्यत्र गएको प्रमुख प्रसाशकीय अधिकृत मान बहादुर बन (महेन्द्र) ले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार