हल्दिवारी गाउँपालिकाको नवकिरण स्र्पोटिङ क्लब, झापा नवमीडाँडा पाँचथरमा जारी अन्तर जिल्ला आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा नवकिरणले युथ फ्रेण्डस सर्कल, मोरङलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि नजिक पुगेको हल्दिवारी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष सन्तकुमार थापाले जानकारी दिए ।

नवकिरणका लागि संजय धिमाल र प्रदिप बुढाथोकीले गोल गरेका थिए ।

नवकिरणले बैशाख ४ गते हुने फाइनलमा केएफसी, झापासँग उपाधिका लागि भिड्ने जनाइएको छ ।

तिजोक युवा क्लब, पाँचथरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छ्न ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार