झापा, बैशाख / इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाईकल सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लावारी नगरपालिका-५ का ३० बर्षिय दिपक मर्डी रहेका छन् ।

चैत्र २८ गते झापाको कचनकवल गाँउपालिका-१ घेरावारीबाट स्थानीय ६० बर्षिय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाईकल चोरी गरेर फरार रहेका मर्डीलाई हिजो दिउँसो झापाको कन्काई नगरपालिका-२ सेल्फी डाँडाबाट प्रहीले पक्राउ गरेको थियोे ।

चोरीको मोटरसाईकल सहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार