झापाको भद्रपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धा महिलाको मृत्यु भएको छ । योसँगै बुधबार मात्रै झापामा सवारी दुर्घटनामा परी पाँच जनाले ज्यान गुमाएका छन् ।

गएराति ८ बजेको समयमा भद्रपुर नगरपालिका- ८ स्थित नमुना टोलमा भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे ४ प ४८९६ नम्बरको मोटरसाइकलले पहिचान नखुलेको पैदल यात्री मागिखाई हिँड्ने वर्ष अन्दाजी ८० की पहाडे मुलको जस्तो देखिने वृद्धा महिलालाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भई ती वृद्धालाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारका क्रममा राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल र मोटरसाइकल चालक भद्रपुर- ८ का ४९ वर्षीय बिसन मोतेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार