मेचीनगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

मेचीनगर नगरपालिका-११ हिँडिया खोला नजिकै शनिबार साँझ हात्तीको आक्रमणबाट स्थानीय अन्दाजी ६५ वर्षीय हर्क बहादुर सुवेदी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कालिका सामुदायिक वनबाट निस्किएको एउटा हात्तीले सडकमा हिडिरहेका सुवेदीलाई घाइते बनाएको प्रहरीले जनाएको छ ।

उनको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भई रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार