हल्दिबारी । हल्दिबारी गाउँपालिका हुँदै गाईगोरुको तस्करी दिनदिनै बड्दै गएको छ ।

तस्बिरमा देखिए झै दैनिक सयौं गाईगोरु प्रहरी प्रशासन र राजनैतिक दलका केही व्यक्तिहरुको स्कटिङ्ग मा बोडर पार गर्ने गरेको स्थानीयहरु बताउछ्न ।

हल्दिवारी गाउँपालिका स्थित वडा नम्बर ३ ढडुवा मा गाईगोरु छोटाहात्ती गाडी मार्फत ल्याउने गरेको प्रत्यक्ष देख्न सकिन्छ ।

दिनको ५- १० गाडी ल्याउने र चारकोसे जङ्गल र स्थानीय देउनिया खोलाको उपयोग गर्दै प्रहरी प्रसासनको समेत सहयोगमा गाईको अबैध तस्करी गरि भारत हुदै बङ्गलादेस लैजाने गरेको उनीहरुको भनाई छ।

नेपाल सरकारले समेत प्रतिबन्ध गरेको गाई तस्करीलाई प्रहरी प्रसासनले आर्थिक चलखेलमा लैजान दिएको र यस बापत मासिक नाका प्रयोग गरे वापत ३ देखि ५ लाख तथा स्थानिय युवाहरूलाई प्रति गाई १ हजार रुपैयाँको सेटिङ्ग बापत दिनेगरेको एक गाई – गोरु व्यापारीले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छ्न ।

नेपालबाट यसरी लगिएका बुढा गाई – गोरुहरु भारत तथा बङ्ग्लादेस लगि काट्ने गरेको विभिन्न सञ्चारमाध्यमहरुले बेलाबखतमा बताउदै आएपनी नेपालमा झापाकै प्रतिष्ठित राजनैतिक पहुँच बालाहरुको मिलेमतोमा हल्दिवारी ,धुलाबारी ,कचनकवल ,भद्रपुर हुँदै सयौं बुढा गाईहरु मासुकै लागि तस्करी हुँदा समेत आफुलाई हिन्दु हरुको मसिया बताउनेहरु चुप रहनुलाई संकाको बिषय बनेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार