झापा, ९ जेठ । सहमतिय आधारमा नेपाल पत्रकार महासङ्घ झापा शाखाको नेतृत्व चयन गर्न आह्वान गरिएको छ ।

बुधबार पत्रकारका विभिन्न संघ–संगठनसँग छलफल गर्दै प्रेस चौतारी झापाले त्यस्तो आग्रहसहित आह्वान गरेको हो । उक्त आह्वानप्रति पत्रकारका अधिकांश संगठन सहमत देखिएको जनाइएको छ । महासङ्घको गरिमालाई जोगाउँदै पत्रकारको पेशागत सुरक्षा र संरक्षणका लागि सहमतिका आधारमा नेतृत्व चयन गर्ने बेला आएको प्रेस चौतारीले जनाएको हो ।

सञ्चार क्षेत्रमा देखिएको जटिलता र चुनौती व्यवस्थापनमा पनि साझा ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको सहभागीहरुले बताएका छन् । सबै सङ्घ संगठनको प्रतिनिधित्व हुने गरी महासङ्घको नेतृत्व चयन गर्नुपर्नेमा उनीहरूको जोड छ ।

कार्यक्रमका सहभागीले पत्रकारका सङ्घ संगठन बीच देखिएको तिक्तता अन्त्य गर्दै सहमतिका आधारमा अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् । महासङ्घको आगामी जेठ २६ गते निर्वाचन घोषणा भएको सन्दर्भ उल्लेख गर्दै सहभागीले सदस्यता शुद्धिकरणका नाममा कतिपय सक्रिय पत्रकारमाथि अन्याय भएको समेत प्रतिक्रिया दिएका छन् ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष गिरिराज भट्टराई, प्रेस सेन्टरका अध्यक्ष राजु पाठक, समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु दाहाल, चलचित्र पत्रकार संघका अध्यक्ष रमेश तिवारी, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, फोनिजकी अध्यक्ष भूमिका सुब्बा, पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान, मिडिया नेपालका अध्यक्ष रन्जित प्रसाईं, बुद्ध शान्ति प्रेस क्लबका अध्यक्ष तीर्थ तिम्सिना, हल्दीबारी प्रेस क्लबका अध्यक्ष नेत्र बिक्रम बिमली, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष प्रेम आचार्य, भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकर, फोटो पत्रकार सङ्घका अध्यक्ष इन्द्रजित मुखिया, स्वतन्त्र पत्रकार संघका अध्यक्ष नरेन्द्र ढकाल, प्रेस क्लब कन्काईका अध्यक्ष रामप्रसाद निरौला, अग्रज पत्रकारहरू लीला बराल र मोहनकाजी, प्रेस सेन्टरका उपाध्यक्ष होम अधिकारी, प्रेस चौतारीका नेताहरू गोपाल काफ्ले र सुब्रत न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए । प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष प्रदीप परियारले गरेका थिए

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार