जेष्ठ १४, काठमाडौं । गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मुलिजुली परिवारकी संरक्षक रारा सैंजुले नेपाल स्नेही काखमा आश्रित रहेका बालबालिकाहरु संग खुसी साटदै आफ्नो जन्मदिन मनाउनु भएको छ ।

शनिबार ललितपुरको धापाखेलस्थिति नेपाल स्नेही काखमा आश्रति रहेका १६ जना बालबालिकाहरुलाइ पाठ्यपुस्तक, कपि, पेन्सिल र छाला जुत्ता बितरण गर्दै आफ्नो जन्मदिन मनाएको मिलिजुली परिवारकी संरक्षक रारा सैंजुले बताउनु भयो । समाजसेवी रारा सैंजुले यसअघि पनि आफ्नो हरेक जन्मदिन विभिन्न बालआश्रम र बृद्धआश्राममा मनाउदै आउनु भएको छ।

कार्यक्रममा नेपाल स्नेही काखको अध्यक्ष श्रीनेहा पोखरेल, मिलिजुली परिवारका अध्यक्ष माधव शर्मा, उपाध्यक्ष सुमन थापा, सचिव अजय पाण्डे र सहसचिव सुवास श्रेष्ठ लगायत मिलिजुली परिवारका पदाधिकारी हरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले गणेशमान कृष्णप्यारी स्मृति प्रतिष्ठान तथा मिलिजुली परिवारको सामाजिक कार्यको उच्च प्रसंशा गर्दै कार्यसफलताको शुभकामना दिनुभयो ।

के हो नेपाल स्नेही काख ?
विविध कारणले मानसिक सन्तुलन गुमाएर सडकमा बेवारिसे नरकिय जिवन भोगिरहेका मानिसहरु लाई उद्दार गरेर गास , बास , कपास , स्वस्थ उपचार दिदैं संरक्षण गर्दै आएको सस्था नै स्नेही काख हो । यस संस्थाले हाल सम्म १२० जना भन्दा बढि मानिस हरु लाई निको पारेर समाज तथा घर परिवारमा पुनर्मिलन गरिसकेको छ ।

हाल नेपाल स्नेहि काखमा ५८ जना मनोरोगि आमाहरु , १९ जना मनोरोगि बुबाहरु र १७ जना सामान्य बालबालिकाहरु गरि जम्मा ९४ जनाले आश्रय लिई रहनु भएको छ । पछिल्लो एक दशक देखि निकै मेहेनत , सङ्घर्ष गर्दै संस्थालाई र संस्थामा आश्रतिहरुलाई हुर्काउदै , स्याहार गर्दै आईरहेको तथापि आगामि दिनहरुमा पनि उद्दार गर्दै मनोरोग निको परि समाजा पुन:स्थापित गर्नै शिलशिला जारि रहेको संस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले बताउनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार