हल्दिबारी, १४ जेठ । झापाका ४५६४८ भन्दा बढी बालबालीकाहरुलाई पोलियो विरुद्धको आइपिभि खोप लगाईने भएकोे छ । आज हल्दिबारी गाउँपालिकाको खोप कार्यक्रममा खटिने स्वास्थ्यकर्मीहरुलाई आइपिभि खोप सम्वन्धी जानकारी दिदैं जिल्ला स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले यहि जेठ १६ देखी ५ दिन सम्म संचालन गर्नु पर्ने बताउनु भएको छ ।

हल्दिबारी गाउँपालिकाका २८ वटा विद्यालयललाई केन्द्र बनाई खोप संचालन गरिने कार्यक्रममा जानकारी गराईएको थियो । २०७३ बैशाख देखी २०७५ आसोज सम्मका बालबालीकालाई यो खोप लगाइने छ । नेपालमा करिब १४ लाख बालबालीकाहरुलाई पोलियो विरुद्धको आइपिभि खोप लगाउन छुटेको हुनाले अभियानको रुपमा यो खोप झापा लगायत देशै भरि लगाइने खोप प्रमुख राजकुमार पोखरेलले जानकारी दिनु भयो ।

हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाले पाँचै वडाका स्वास्थ्य केन्द्रहरु र २८ ओटै विद्यालयका २०७३ बैशाख देखी २०७५ आसोज सम्मका बालबालिकालाई खोप लगाउने कार्यतालिका तयार गरि जनशक्ति समेत तयार रहेको स्वास्थ्य शाखाका निमित्त प्रमुख प्रकाश खतिवडाले जानकारी दिनु भयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार