पवित्रा पाैडेल । राधिका फाउण्डेसनले कर्णाली प्रदेशका अछाम, सुर्खेत र कैलालीका १४ जना बालबालिकालाई खान, बस्न सहितको निशुल्क शिक्षाको व्यवस्थापन गर्दै अभिभावकत्व लिएको छ ।

बालबालिकालाई कनकाई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, फाउन्डेसनकि अध्यक्ष राधिका दासिले स्वागत गर्नु भएको थियोे ।

झापाको कनकाई नगरपालिका वडा नं ६ मा केन्द्रीय कार्यलय रहेको राधिका फाउण्डेसनले जेठ २९ गते मंगलबारदेखी असाहय बालवालिकाहरुको पठन पाठनका लागि आवास, खाना, स्वास्थ्य उपचार र शिक्षाको आधिकारिक रुपमा अभिभावकत्व लिएको छ ।

हाललाई राधिका फाउण्डेसनले कनकाई नगरपालिका वडा नं ६ मंसापुरमा फाउन्डेसनको निर्माणाधीन सत्संग भवन नजिकै घर भाडामा लिएर उनिहरुलाई पालनपोषण, शिक्षा-दिक्षाको व्यवस्थापन गरेको हाे ।

शिक्षा, संस्कार र उज्यालो भविष्यको खोजीमा रहेका १४ जना बालबालिकाहरूलाई कर्णाली प्रदेशको अछाम, सुर्खेत र कैलाली जिल्लाका गाउँहरूबाट ल्याई कनकाई – ६ झापामा रहेको राधिका फाउन्डेसनले व्यवस्थापन गरेको हो । “पहिले संस्कार अनि संस्कार सहितको परोपकार” भने मुल नाराको साथमा बिगत लामो समय देखि राधिका फाउण्डेसनले समाजिक क्षेत्रमा कार्य गर्दै आएको छ |

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार