कविता: “रहरै रहर बोकेको सहर पो भएछ काठमाडौ”

रहरै रहर बोकेर कहिल्यै नथाक्ने सहर भए छ काठमाडौ!
आशा-अभिलाषाहरु मनभरी बोकि
धेरै बाटोहरु हुदै उपत्यका
छिर्ने सहर भएछ काठमाडौ
निस्वार्थ भावनाले तीन करोड
नेपालिहरुका लागि
सान्ती समृद्धि र विकासको दिगो योजना
बुन्नेहरु भन्दा
जाल-झेलको प्रपन्च बुनेर
सिधा-सादालाइ ठग्ने
खलनायकहरुको
सहर पो भएछ काठमाडौ।

स्वार्ग कि परी जस्ती
सौन्दर्यतामा सजिएर बस्नु पर्नेमा
निथ्रुक्क भीजेकी चरी
जस्तै पो भएछ काठमाडौ
पुनर्जीवन प्राप्त होला भनी
आशा अनि भरोसा बोकेर
गाउँ को खेतवारी र हलगोरु बेची
अस्पताल आउने हरुमाथी
मरेपछि पनि तमसा गराइ रहने
चिकित्सक हरुको
सहर पो भएछ काठमाडौ।।

देशकै मुल्य- मान्यता संस्कार संस्कृति
धर्म-परम्पराको विरुद्ध
पश्चिमेलिहरुले रंग-मंचन गर्दै
फ्याँकेको अस्र सहन गर्ने
सहर पो भएछ काठमाडौ
गाँउमा मोटर गुड्ने
सडक को चिन्ता छैन
मेरि आमालाइ
सत्ताको अभिमान वा स्वार्थको
बिज प्रस्फुटन भएरै त होला
सय माइल जति मात्र पनि राम्ररि
गुड्न सक्ने सडक नि बनेको छैन
धेरै महङ्गो मोटर चड्नु पर्ने
रहर लाग्ने
सहर भएछ काठमाडौ।।।

गरिव नागरिकहरुले सुकाएको
बिस्कुन माथि पनी बिदेशी मदिराले
मदहोश भएको बेला
देशैभरिका सर्व-साधारण जनताले
तिर्नै नसक्ने
सरकारी कर लगाउने
सहर पो भएछ काठमाडौ
धुँवा-धुलो र फोहरको डँङुर
हेरि रहने र मोटरै मोटर गुडिरहने
रहर भएको सहर पो भएछ काठमाडौ।

भ्रस्टाचारको
बिज उत्पादन गरि देशै भरिका लागी
साना साना पोका पारि
कोशेली जस्तै गरि वितरण गर्ने
रहर बोकेको सहर पो
भएछ काठमाडौ
पवित्र नदि-नालाहरु
विवश र लाचार भएर
बगि रहनु पर्मे
सहर पो भएछ काठमाडौ
मठ-मन्दिर र पाटी-पौवा देवस्थल
अति-आक्रमण को सिकार बन्दै
वाध्यताले जिर्णोद्वारको आशामा
रहि रहनु पर्ने
सहर भएछ काठमाडौ।।

हत्या हिंसा बलात्कार दिनहु
भैरहेको समाचार सुनेर नि
टुलुटुलु हेरिरहने अदालत अनि
न्यायको लागि
सधै भौतारी रहनु पर्ने
सहर पो भएछ काठमाडौ ।
युगौ देखिको परिवर्तन को आशामा
नेपाली जनताले पर्खी बसिरहनु पर्ने
रहर बोकेको सहर पो भएछ काठमाडौ
यस्तै यस्तै
रहरै रहरको सहर भएछ काठमाडौ ।।।
यस्तै यस्तै रहरै रहर को सहर भएछ काठमाडौ।

✍देवेन्द्र खड्का, झापा, नेपाल

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार