बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो पहिलो चुनाव जितेकि छिन । उनलाई विजेपीले लोकसभाको टिकट दिएको थियो । अहिले उनी सांसद बन्नु भन्दा पहिले आफ्नो सदगुरुको आश्रम तिर ध्याउन्न छिन् ।
पछिल्लो समय उनी ईसा फाउन्डेसन नामक सामाजिक संस्थामा गुलाबी साडीको पहिरनबाट सोसियल मिडियामा सामुन्ने देखिएकी हुन ।
आश्रम पुग्नुको कारण
कंगना रनावतले ९ जुनमा सांसदको सपथ लिएकी थिइन् । उनी अहिले आफ्नो सदगुरु सामुन्ने सोसियल मिडिया इन्स्टाग्रामबाट छाएकी छिन् । फोटोमा उनी आदीयोगीको चरणमा बसेको पाइएको छ भने उनले क्याप्सनमा “माई ह्याप्पी प्लेस” लेखेको पाइएको छ । मन्दिर न्यास ध्यान र सदगुरुको दर्शनको फोटोबाट कंगना आत्मिक रहेको प्रष्ट हुन्छ ।
कसले हानेको थियो थप्पड
केही दिन अघि चण्डीगड एयरपोर्टमा महिला पुलिसकर्मी कुलविन्द्र कौरले कंगनालाई थप्पड हानेको बताइएको छ । कंगनालाई किसान आन्दोलन तर्फ आक्रिष्ट भएको विवादित कुराको पृष्ठपोषण गरेको उनको आरोप छ । पछि प्रहरीकर्मी लाई एफआइआर दिइएको थियो ।
कथानक चलचित्र “इमरजेन्सी”
उनीद्वारा अभिनित हिन्दी कथानक चलचित्र इमरजेन्सी रिलिज हुने तरखरमा छ । चलचित्रमा नायिकाले “इन्दिरा गान्धी”को भूमिका निभाएकी छिन् । यसको निर्देशन र लगानीकर्ता स्वयमः कंगना रनावत छिन् । लोकसभा चुनाव पछि धकेलिएको चलचित्रको प्रदर्शन चाँडै हुने बताइएको छ ।