झापा, कुमरखोद, ३२ जेठ । झापाको झापा गाउँपालिकाले कृषकहरुलाई स्प्रे ट्याङ्की र सिचाई मोटर पालिकामा आयोजित एक कार्यक्रमका बिच बितरण गरेको छ ।

झापा गाउँपालिका का.वा. अध्यक्ष अन्जुदेवी थपलियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिका र किसानको ५०/५० साझेदारी अनुसार किसानहरुलाई २५० ओटा स्प्रे ट्याङ्की र १६६ किसानलाई सिचाई मोटर वितरण गरिएको थियो ।

कृषि सामाग्री हस्तान्तरण गर्दै का.वा. अध्यक्ष थपलियाले पालिका भित्रका किसानलाई आत्म निर्भर बनाउन आवश्यकता पर्ने सवै किसिमको सहयोग गर्न पालिका लागि परेको बताउँदै आगामि आर्थिक बर्षको बजेटमा किसानका लागि महत्वपुर्ण योजनाहरु लिएर आउन लागेको समेत बताउनु भएको छ ।

चालु आ.व. २०८०/०८१ मा भन्दा आर्थिक बर्ष २०८१-०८२ मा झापा गाउँपालिकाका किसानको हितलाई मध्यनजर गर्दै मकै जोन कार्यक्रम मार्फत मल बिउ भण्डारणको उद्योग संचालन गर्नको लागि छलफल गरिरहेको समेत थपलियाले कार्यक्रममा जानकारी दिनु भएको छ ।

उक्त कार्यक्रमलाई वडा नं. ७ का वडा अध्यक्ष सखिचन्द्र ठाकुर र वडा नं. १ का वडा अध्यक्ष राजकुमार यादवले समेत किसानहरुको हितमा गाउँपालिका जनप्रतिनिधिहरु एक भएर अगाडी बढेको जिकर गर्दै आगामी बजेट किसानका लागि निकै राम्रो हुने जिकर समेत गर्नु भएको थियो ।

झापा गाउँपालिकाले वितरण गरेको २.३ हर्सपावरको सिचाई मोटरलाई किसानले ८ हजार र गाउँपालिकाले ८ हजार बेहोरेको छ भने स्प्रे ट्याङ्कीको हकमा किसानलाई १५२५ र गाउँपालिकाले १५२५ बेहोरेको कृषि तथा पशु सेवा शाखा प्रमुख जगत नारायण मण्डलले कार्यक्रममा जानकारी दिनुभयो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार